लागुऔषध नियन्त्रण गर्न बगरमा ‘सचेतना कार्यक्रम’
कास्की | जेठ ३०, २०७९
पोखरा: पोखरा महानगरपालिका १ बगरमा भिमकाली क्लबको व्यवस्थापनमा लागुपदार्थ नियन्त्रणमा युवाहरुको भूमिका विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
लागुऔषध नियन्त्रण व्युरो गण्डकी प्रदेशको सहयोगमा भिमकाली क्लबको व्यवस्थापन तथा लागुपदार्थ नियन्त्रण तथा सुधार आमा समुहको आयोजनामा आइतबार सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका १ का नवनिर्वाचित अध्यक्ष साहरा प्रधानले गरे । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले युवाहरु कुलतमा फस्न नहुने धारणा राखे । युवाशक्ति विकासको मेरुडण्ड भएको उल्लेख गर्दै उनले रचनात्मक र सकरात्मक काममा लाग्नुपर्नेमा जोड दिए ।
उनले युवाहरु भविष्यको कर्णधार मात्रै नभई वर्तमानको साझेदारी समेत भएको भन्दै युवालाई समाज रुपान्तरणमा अभिप्रेरित गर्नेगरि क्लब लागेको वडाले काम गर्ने बताए । ‘समाज परिवर्तन गर्न युवाको भूमिका ज्यादै ठुलो हुन्छ, उनले भने, ‘यो कार्यक्रमले पनि लागुऔषधबाट टाढै रहनपर्छ भन्ने सन्देश दिएको छ र समाज विकासमा ठुलो सघाउ पुग्ने विश्वास लिएको छु ।’
अध्यक्ष प्रधानले युवाहरुलाई अग्रसर गराउनका लागि वडाले सधैं पहल गर्ने समेत बताएका थिए ।
यसैगरी मुख्य प्रशिक्षकका रुपमा रहेका लागुऔषध नियन्त्रण व्युरो गण्डकी प्रदेश प्रहरीका प्रहरी नायव निरिक्षक विद्याधर त्रिपाठीले युवाहरु लागुऔषधमा फस्नु पछाडिका कारण र लागुऔषधको बेफाइदा र यसको नियन्त्रणमा युवाको भूमिकाबारे प्रशिक्षण दिएका थिए ।
लागुपदार्थ नियन्त्रण तथा सुधार आमा समुहका अध्यक्ष विष्णु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा भिमकाली क्लबका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा...
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

